प्रेमको एक शताब्दी
यसै गरि प्रेमको एक शताब्दी विताई दिउला, भलै फोटो अनि फोटोलाई घेरेको फ्रेम धमिलो होस, तिम्रो मेरो सम्बन्धका कुराहरु, म पटक पटक भुले झै गर्छु, तिमी मलाई सम्झाए झै गर्नु, अतितका मिठा क्षणहरु, तिम्रा मुखबाट सुन्दा , म मोहित हुने छु, मेरा गल्तिहरु तिमीले भन्दा, म हैन हैन भनेर टार्ने छैन, उमेरमा यस्ता गल्ती भै हाल्छन नि, भन्दै हाँसोमा उडाउन खोज्ने छु, तिमी कर्के नजरले हेदै रिसाउनु, म फेरी मायाँलु नजरले हेर्दै भन्ने छु, अब त चाहेर पनि गल्ती गर्न सक्दिन भनेर, तिमी रिसाउदै भन्ने छौ, कस्ता संग जिन्दगी काट्नु पर्यो मलाइ भनेर, मै जस्ता संग नि अब कस्ता संग भन्छौ, फेरी हाम्रा कथाहरु सुरु हुनेछ, यसै गरि एक सताब्दी बिताइ दिने छु तिमी संग ।